स्पेनिस ला लिगामा शनिबार राति भएको फरक खेलमा सेभिया र भ्यालेन्सियाले जित निकालेका छन्।
घरेलु मैदानमा भएको खेलमा भ्यालेन्सियाले इल्चेलाई २-१ अन्तरले पराजित गरेकाे छ। भ्यालेन्सियाको छैटौँ जितमा गोनकालो गुयडेस र क्रिष्टियानो पिचिनीले १/१ गोल गरे। इल्चेका लुकास बोयले सान्त्वना गोल गरे।
खेलको २३ मिनेटमा गोनकालोले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए। इल्चेका लुकासले खेलको ७५औँ मिनेटमा बराबरी गोल गरेपनि ८६ मिनेटमा क्रिष्टियानोले विजयी गोल गरे।
जितसँगै भ्यालेन्सिया १७ खेलबाट २५ अंक बनाउँदै सातौँ स्थानमा छ। १५ अंक बनाएको इल्चे १६ औँ स्थानमा छ।
अर्काे खेलमा सेभियाले एथ्लेटिको क्लबलाई १-० अन्तरले पराजित गरेकाे छ। भ्रमणकारी टोली सेभियाको जितमा खेलको ३८औँ मिनेटमा थोमस डेलान्सीले गरेको गोल निर्णायक बन्यो।
जितसँगै सेभिया १६ खेलबाट ३४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। पराजित एथ्लेटिको २१ अंकसहित १०औँ स्थानमा छ।
ला लिगामा १६ खेलबाट ३९ अंक बनाएको रियल मड्रिड शीर्ष स्थानमा छ।
प्रतिक्रिया