फुटबल बादशाह डियगो म्याराडोनाको हराएको घडी भारतको असाममा फेला परेको छ। करिव १३ हजार २ सय डलर मूल्य बराबरको हबलट वाच दुबईबाट हराएको थियो।
घडी फेला पार्ने भारतीय दुबईमा काम गर्थे। उनी हालसालै दुबईबाट भारत फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ। दुबई प्रहरीको सहयोगमा सो घडी फेला परेको असामका मुख्यमन्त्री हिमान्त विश्व शर्माले जानकारी दिएका छन्।
‘अन्तर्राष्ट्रिय सहकार्य र असाम प्रहरीको संयोजनमा म्याडोनाको घडी फेला परेको छ। दोषीमाथि कानुनी कारबाही गरिएको छ,’ शर्माले भनेका छन्।
आरोपित व्यक्ति दुबईस्थित एक कम्पनीमा सुरक्षागार्डको रुपमा काम गर्थे। कम्पनीमा केही दिन काम गरेपछि बाबु विरामी भएको भन्दै ती व्यक्ति अगस्टमा असाम फर्किएका थिए।
घडी हराएपछि दु्बई प्रहरीले असाम प्रहरीको सहकार्यमा अनुसन्धान बढाएको थियो। त्यस लगत्तै वाजी हुसेन शनिबार घरबाटै पक्राउ परेका थिए। उनी बसेको घरबाट घडी पनि भेटिएको थियो।एजेन्सी































प्रतिक्रिया