इंग्लिस प्रिमियर लिग: लिड्सविरुद्ध सिटीले गर्‍याे गाेलकाे वर्षा

इंग्लिस प्रिमियर लिग: लिड्सविरुद्ध सिटीले गर्‍याे गाेलकाे वर्षा

केन्द्रबिन्दु
0
Shares

अट्याकरले प्रभावशाली प्रदर्शन गरेपछि इंग्लिस प्रिमियर लिगमा पेप ग्वार्डिओलाको म्यानचेष्टर सिटीले लिड्स युनाईटेडविरुद्ध आधा दर्जन गोलको वर्षा गरेको छ। 

मंगलबार राति घरेलु मैदान इतिहादमा भएको खेलमा सिटीले लिड्स युनाईटेडलाई ७-० अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा केभिन डे ब्रुयनले दुई तथा फिल फोडेन, ज्याक ग्रीयलिस, रियाद मेहरेज, जोन स्टोनेस र नाथन अकेले १/१ गोल गरे । 

सिटीका अट्याकरले उत्कृष्ट खेल प्रदर्शन गरेपछि पहिलो हाफमै ३ गोल भएको थियो भने दोस्रो हाफमा थप ४ गोल भए । डिफेन्डिङ च्याम्पियन सिटीको यो सिजनकै सबैभन्दा ठूलो जित हो । 

खेलको आठौँ मिनेटमा फिल  फोडेनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । १३औँ मिनेटमा ज्याकले गोल गर्दा सिटीले दोहोरो अग्रता बनायो । ३२औँ मिनेटमा डि ब्रुयनले गोल गर्दा सिटीले पहिलो हाफमै ३-० अन्तरको अग्रता बनायो ।

रियादको गोलमा ४९ औं मिनेटमा सिटीले चौंथो अग्रता बनायो। ६२ मिनेटमा ब्रुयनले ब्यक्तिगत दोस्रो गोल गरे । स्टोनेसले ७४ औं मिनेटमा आधा दर्जन गोल पुर्याए। नाथनले ७८ औं मिनेटमा गोल गर्दा सिटीले ७–० अन्तरको फराकिलो जित पायो।

मंगलबार रातिनै भएको खेलमा एस्टन भिल्लाले घरेलु टोली नर्विचलाई २–० अन्तरले पराजित गर्याे । 

जितसँगै सिटीले शीर्षस्थानमा ४ अंकको अग्रता बनाएको छ। १७ खेल खेलेको सिटी ४१ अंक बनाएको छ । १ खेल कम खेलेको लिभरपुल ३७ अंक सहित दोस्रो स्थानमा छ। 

पराजित लिड्स भने १७ खेलबाट १६ अंक बनाउँदा १६ औं स्थानमा छ। 

Skip This
Skip This
Logo