इटालियन ओपन टेनिसको उपाधि रोमानियाकी सिमोना हालेपले जितेकी छिन् ।
इटालीको रोममा सोमबार भएको फाइनलमा प्रतिद्वन्दी कारोलिना प्लिसकोभाबाट वाकओभर पाएपछि सिमोनाले उपाधि जितेकी हुन् ।
चेक रिपब्लिककी प्लिसकोभाले चोटका कारण वाकओभर दिनु अघि हालेपले पहिलो सेट ६-० ले जितेका थिए । यस्तै दोस्रो सेटमा समेत २-१ ले अघि रहेकी थिइन् ।
पुरुषतर्फको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिच र अर्जेन्टिनाका डिएगो स्वार्टजम्यान खेल्ने छन् ।





























प्रतिक्रिया