इंग्लिस प्रिमियर लिगः न्युक्यासलविरुद्ध लिभरपुलको पुनरागमन जित

इंग्लिस प्रिमियर लिगः न्युक्यासलविरुद्ध लिभरपुलको पुनरागमन जित

केन्द्रबिन्दु
0
Shares

एक गोलले पछि परेको अवस्था उल्टाउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ। बिहीबार राति घरेलु मैदान एनफिल्डरमा भएको खेलमा लिभरपुलले न्युक्यासल युनाइटेडविरुद्ध ३-१ अन्तरको जित निकालेको हो। लिभरपुलरको १२औँ जितमा डियगो जोटा, मोहम्मद सलाह र ट्रेन्ट एलेक्जान्डर अर्नाेल्डले १/१ गोल गरे। 

यसअघि भ्रमणकारी टोली न्युक्यासल जोन्जो सेल्भेले खेलको ७औँ मिनेटमा अग्रता दिलाएका थिए। २१ मिनेटमा जोटाले खेललाई बराबरी स्थितिमा ल्याए। २५औँ मिनेटमा सलाहले गोल गर्दै टोलीलाई पहिलो हाफमा २-१ को अग्रता बनाए।

सलाहले यस गोलसँगै प्रिमियर लिगमा अर्काे कीर्तिमान बनाएका छन्। उनले जेमी भार्डीको नाममा रहेको कीर्तिमान तोडेका हुन्।

खेलको ८७औँ मिनेटमा ट्रेन्टले गोल गर्दै लिभरपुललाई ३-१ अन्तरको पुनरागमन जित दिलाए। 

जितसँगै लिभरपुल १७ खेलबाट ४० अंक बनाएर दोस्रो स्थानमा छ। पराजित न्युक्यासल भने १७ खेलबाट १० अंक बनाउँदै पुछारबाट दोस्रो तथा रेलिगेशन जोनमा छ। समान खेलबाट ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्ष स्थानमा छ।

Logo