साफ यू-१९ महिला फुटबलः भुटानलाई हराउने दाउमा नेपाल

साफ यू-१९ महिला फुटबलः भुटानलाई हराउने दाउमा नेपाल

केन्द्रबिन्दु
0
Shares

सुरुआती दुई खेलबाट ४ अंक जोड्दै उपाधि यात्रा कायम राखेको नेपालले साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको तेस्रो खेलमा शुक्रबार भुटानको सामना गर्दैछ।  

बंगलादेशको ढाकामा हुने खेल नेपाली समय अनुसार साँझ पाैने ७ बजे सुरु हुनेछ। भुटानविरुद्ध मैदानमा उत्रदा नेपाल दोस्रो जितको खोजीमा हुनेछ। फाइनल प्रवेशको सम्भावना कायम राख्न नेपाललाई भुटानविरुद्ध जितको विकल्प छैन। 

भुटानसमेत नेपालसँगको हारले उपाधि होडबाट बाहिर रहनेछ। ५ टोली सहभागी प्रतियोगिताको शीर्ष २ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। 

प्रतियोगितामा लगातार दुई खेल जितेको भारत ६ अंकसहित शीर्ष स्थानमा छ। ४ अंक जोडेका बंगलादेश र नेपाल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। 

भुटानले तीन खेलबाट ३ अंक जोडेको छ। लगातार तीन खेलमा हारसहित १६ गोल बेहोरेको श्रीलंका एक खेलअघि नै उपाधि होडबाट बाहिरिसकेको छ। 

पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग गोलरहित बराबरी रोकिएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ६-० ले पराजित गरेको थियो। 

पहिलो खेलमा श्रीलंकालाई ५-० ले पराजित गरेको भुटान दोस्रो खेलमा बंगलादेशसँग ६-० ले हारेको थियो।

Logo