गाब्रियलको दुई गोलमा आर्सनल विजयी

गाब्रियलको दुई गोलमा आर्सनल विजयी

केन्द्रबिन्दु
0
Shares

गाब्रियल मार्टिनेलीको दुई गोलकाे सहयाेगमा लण्डन क्लब आर्सनलले लिड्स युनाईटेडलाई ४–१ काे गाेल अन्तरले पराजित गरेको छ। शनिबार राति भएको खेलमा आर्सनलले लिड्स युनाईटेडलाई पराजित गरेकाे हाे।

लिड्सको घरेलु मैदान इलान्ड रोडमा भएको खेलमा आर्सनललाई जिताउन मार्टिनेलीले दुई गोल गर्दा बुकायो साका र इमिली स्मिथ रोले एक एक गोल गरे। घरेलु टोली लिड्सका राफिन्हाले सान्त्वना गोल फर्काए। 

जितसँगै आर्सनल १८ खेलबाट ३२ अंक जोड्दै चौथो स्थानमा छ। यता, लिड्स भने समान खेलबाट १६ अंकसहित १६ औं स्थानमा छ। १७ खेलमा ४१ अंक बनाएको म्यानचेष्टर सिटी शीर्षस्थानमा छ। 

Skip This
Skip This
Logo