टोरिनोलाई १-० अन्तरले पराजित गर्दै इन्टर मिलानले इटालीयन सिरी ए मा शीर्ष स्थानमा चार अंकको अग्रता बनाएको छ। बुधबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा ३०औँ मिनेटमा डेनजल डम्फ्रिजले गरेको गोलनै इन्टरको लागि तीन अंक पर्याप्त बन्यो।
राति नै भएको अन्य खेलमा एसि मिलानले इम्पोलीलाई ४-२ अन्तरले पराजित गर्दै दोस्रो स्थानमा रह्यो। नेपोली भने स्पेजियासँग १–० ले स्तब्ध बन्यो।
घरेलु मैदानमा रोमा साम्पडोरियासँग १–१ को बराबरीमा रोकिँदा हेलास भेरोना र फ्लोरेन्टिनाले समेत सोहि नतिजा निकाले।
लाजियोले १० खेलाडीमा सिमित भेनेजियालाई ३–१ ले पराजित गर्दा बोलोग्नाले सासुओलोलाई ३–० ले पराजित गरेकाे छ।
जितसँगै इन्टर १९ खेलबाट ४६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको एसि मिलान ४२ अंकसहित दोस्रो स्थानमा छ भने ३९ अंकको नेपोली तेस्रो स्थानमा छ।





























प्रतिक्रिया