नेपाल क्रिकेट संघ (क्यान) ले यही पौष १४ र १५ गते धनगढीमा गर्ने तय गरेको वार्षिक साधारणसभा स्थगित गरेको छ।
क्यानले बिहीबार राति निर्धारित समयमा हुने साधारण सभा केही जिल्लाको ४ वर्षे कार्यकाल पूरा भएको र जिल्लाहरुबाट अधिवेशन पश्चात मात्रै केन्द्रीय साधारण सभा हुने बताएको छ। यस्तै क्यानले नयाँ मिति तय गरि साधारणसभा गर्ने जनाएको छ।
"वार्षिक साधारण सभा (AGM) नेपाल क्रिकेट संघ माताहतका ३९ जिल्लाहरु मध्ये चार वर्षे कार्यकाल पूरा भएका केही जिल्लाहरूबाट जिल्ला अधिवेशन पश्चात मात्र केन्द्रीय साधारण सभा गर्नको लागि अनुरोध प्राप्त भएको हुँदा नेपाल क्रिकेट संघले राष्ट्रिय खेलकुद परिषद् र आईसीसीसँग समेत समन्वय गरी नेपाल क्रिकेट संघको आगामी बोर्ड बैठकबाट नयाँ मिति तय गर्ने गरी हाललाई उक्त साधारण सभा स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ" क्यानले भनेको छ ।
बुधबारमात्रै क्यानका बोर्ड सदस्य ऋषि दाहालले न्युज कारखानासँग क्यानको साधारण सभा वैधानिक नभएको बताएका थिए।





























प्रतिक्रिया