बंगलादेशमा जारी खेलमा महिला भलिबल टोलीको लगातार तेस्रो जित

बंगलादेशमा जारी खेलमा महिला भलिबल टोलीको लगातार तेस्रो जित

केन्द्रबिन्दु
0
Shares

नेपाली महिला भलिबल टोलीले आयोजक बंगलादेशमाथि एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा शनिवार सहज जित निकालेको छ । 

बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कर्भडहलमा प्रतियोगिताको तेस्रो दिनमा नेपालले घरेलु टोलीमाथि २५–५, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गर्‍यो । 

नेपाली महिला टोलीको यो लगातार तेस्रो जित हो । यसअघि साबिक विजेता नेपालले आफ्नो पहिलो खेलमा बिहीबार श्रीलंकाविरुद्ध ३–२ र शुक्रबार माल्दिभ्सविरुद्ध ३–० को जित निकालेको थियो । 

जितसँगै महिला टोलीले शीर्ष दुईमा रहेर फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।  महिला टोलीले आइतबार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो १ः१५ मा हुनेछ । 

शनिवार नै हुने पुरुषतर्फको खेलमा नेपाली पुरुष टोलीले श्रीलंकाको सामना गर्दैछ । खेल साँझ ५ः४५ मा हुनेछ ।

Skip This
Skip This
Logo