पुस २२ गतेका लागि एन्फाले बोलायो कार्यसमिति बैठक

पुस २२ गतेका लागि एन्फाले बोलायो कार्यसमिति बैठक

केन्द्रबिन्दु
0
Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बस्ने भएको छ। कार्यसमितिका सात सदस्यले बैठक राख्न माग गरेसँगै एन्फाको १५औं कार्यसमितिको बैठक पुस २२ गतेका लागि बोलाइएको छ। 

एन्फाका महासचिव इन्द्रमान तुलाधारले कार्यसमिततिका सबै सदस्यलाई सोमबार पत्राचार गर्दै २२ पुस (बिहीबार)का लागि बैठक आह्वान गरेका हुन्।

१ पुसमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित उपाध्यक्ष वीरबहादुर खड्का, कृष्ण थापा र सदस्य किरण राई, दिनेश ब्यन्जनकार, निरोज खड्गी र दावा लामाले लामो समय एन्फाको  बैठक बस्न नसकेको र साधारणसभा जिल्ला लिग, राष्ट्रिय लिग सम्बन्धित छलफल गर्न माग गर्दै बैठक माग गरेका थिए। 

एन्फाको विधानअनुसार यसरी कार्यसमिति सदस्यहरूबाट माग भएको १५ दिनभित्र बैठक बोलाइसक्नु पर्ने प्रावधान छ।  जस अन्तर्गत २२ गते एन्फा मुख्यालयमा साढे १२ बजे बैठक बोलाइएको हो। 

Logo