इटालियन सिरी ए फुटबलमा युभेन्टसले विजयी सुरवात गरेको छ । आइतबार राति भएको खेलमा साम्पडोरियालाई ३–० गोलले पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको हो ।
एलिएन्ज एरिना टुरिनमा आइतबार राति भएको खेलमा युभेन्टसको जितमा डिजान कुलुसेभ्स्की, लियोनार्दाे बोनुची र सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।
यता ला लिगामा साविकको विजेता रियल म्याड्रिडले नयाँ सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग रोकिएको छ । रियल म्याड्रिड सोसिडाडसँग गोलरहित बराबरीमा रोकेको हो ।
घरेलु टोलीलाई लगातार दवाबमा राखे पनि रियलका अग्रपङ्तिका खेलाडीले गोल गर्न नसक्दा रियल पहिलो खेलमा नै गोलरहित बराबरीमा रोकिएकाे हाे ।































प्रतिक्रिया