नेपाली राष्ट्रिय फुटबल टोलीले माघ तेस्रो साता मौरिससविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले १५ र १८ माघमा मौरिससविरुद्ध त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो।
फिफाको अन्तर्राष्ट्रिय विश्राम दौरान मैत्रीपूर्ण खेलको आयोजना हुन लागेको एन्फाले जनाएको छ।
पछिल्लो पटक नेपालले दशरथ रंगशालामा साउनमा भारतविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो।
नेपालले असोज अन्तिममा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा भारतलाई नतिजा सुम्पिएपछि उपविजेतामा सीमित भएको थियो।
नेपाल साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको यो नै पहिलो पटक थियो।





























प्रतिक्रिया