उपाधिका लागि इण्डिया र श्रीलंका भिड्ने

उपाधिका लागि इण्डिया र श्रीलंका भिड्ने

केन्द्रबिन्दु
0
Shares

दुबईमा जारी १९ वर्ष मुनीको एसिया कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि इण्डिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेभएको छ ।

बिहीबार भएको सेमिफाइनलमा बंगलादेशलाई पराजित गर्दै इण्डिया र पाकिस्तानलाई पराजित गर्दै श्रीलंका फाइनलमा पुगेका हुन् । 

सारजाहमा भएको खेलमा इण्डियाले बंगलादेशलाई १०३ रनले पराजित गर्‍यो । इण्डियाले दिएको २४४ रनको लक्ष्य पछ्याएको बंगलादेश ३८.२ ओभरमा १४० रनमा समेटियो । बंगलादेशका लागि अरिफुल इश्लामले सर्वाधिक ४२ रन बनाए । 

पहिला ब्याटिङ गरेको इण्डियाले शेख रसिदको ९० रन मद्दतमा निर्धारित ओभरमा ८ विकेट गुमाएर २४३ रनको योगफल तयार पारेको थियो । 
अर्को खेलमा श्रीलंकाले पाकिस्तानलाई २२ रनले पाखा लगायो ।

१४८ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तान निर्धारित ओभर सकिन ३ बल बाँकी ह्ँदा १२५ रनमा अलआउट हुन पुग्यो । उसका लागि अहमद खानले सर्वाधिक ३६ रन बनाए । पाकिस्तानलाई सस्तैमा समेट्न ट्रेभीन म्याथ्यूले ४ विकेट झारे । 

पहिला ब्याटिङ गरेको श्रीलंका ४४.५ ओभरमा १४७ रनमा अलआउट भएको थियो । मथिसा पाथिराना र यासिरु रोड्रिगोले समान ३१ रन बनाएपछि श्रीलंका सम्मानजनक योगफल तयार पार्न सफल भएको थियो ।

जिसान जमिरले श्रीलंकाका ४ जना ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाएपनि व्याटिङलाईनअप चल्न नसक्दा पाकिस्तान सेमिफाइनमै रोकिन बाध्य भयो । पाकिस्तान अपराजित रहँदै सेमिफाइनल पुगेको थियो । 

उपाधिका लागि इण्डिया र श्रीलंकाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ । 

Logo