इंग्लिस प्रिमियर लिगः आर्सनलविरुद्ध पुनरागमन जितसहित सिटीलाई ११ अंकको अग्रता

इंग्लिस प्रिमियर लिगः आर्सनलविरुद्ध पुनरागमन जितसहित सिटीलाई ११ अंकको अग्रता

केन्द्रबिन्दु
0
Shares

आर्सनलविरुद्ध पुनरागमन जितपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा ११ अंकको अग्रता बनाएको छ। १० खेलाडीमा सीमित आर्सनलको घरेलु मैदान इमिरेटस् स्टेडियममा रियाद मेहरेज र रोड्रिले गोल गरेपछि सिटीले उपाधि यात्रा बलियो बनाएको हो। 

खेलको ३१ औं मिनेटमा बुकायो साकाले गोल गर्दै घरेलु टोली आर्सनललाई अग्रता दिलाए। ५७ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै रियादले सिटीलाई १–१ को बराबरीमा ल्याए।

५९ औं मिनेटमा गाब्रियल मगालहेसले दोहोरो पहेँलो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो । 

९० मिनेट पछिको इन्जुरी समयमा रोड्रिले बक्सभित्र पाएको बललाई सदुपयोग गरेपछि सिटीले सिजनको १७ औं जित पायो। 

जितसँगै सिटीले शीर्षस्थानमा रहँदै ५३ अंक बनाएको छ। एक खेल कम खेलको चेल्सी ४२ अंकसहित दोस्रो स्थानमा छ भने २ खेल कम खेलेको लिभरपुल ४१ अंकसहित तेस्रो स्थानमा छ। 

Logo