सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणको अन्तिम दिन आज सोमबार एक मात्रै खेल हुँदैछ। दशरथ रंगशालामा दिउँसो १ बजे हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ।
जारी शीर्ष डिभिजन लिगमा दुबै टोली रेलिगेशन जोनमा रहेका छन्। दुबै टोली आजको खेल जित्दै कम्तिमा रेलिगेशन दवाव घटाउन चाहन्छन्। पुलिस ७ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा छ। पुलिस युवा मिडफिल्डर राम चन्द्र वाजीको कप्तानीमा मैदान उत्रनेछ।
युवा टोलीको बाहुल्यता रहेको बीबीसी रोशन राना मगरको कप्तानीमा मैदान उत्रनेछ। ब्रिगेड ७ खेलमा ५ अंक जोडेर १२ औं स्थानमा छ। जारी लिगमा मछिन्द्र शीर्ष स्थानमा रहेको छ।





























प्रतिक्रिया