च्यासल युथ क्लबका दुई खेलाडीलाई कोरोना संक्रमण

च्यासल युथ क्लबका दुई खेलाडीलाई कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

सहिद स्मारक ए डिभिजनल क्लब च्यासल युथ क्लबका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ।

गत साता पोखरामा मनाङ मर्स्याङ्दीसँग खेलेर काठमाडौं फर्किएका दुई खेलाडीमा कोरोना देखिएको टोलीका सहायक प्रशिक्षण आशिख थापा मगरले जानकारी गराए। उनका अनुसार गोलरक्षक प्रदीप भण्डारी र डिफेन्डर कमल श्रेष्ठलाई कोरोना देखिएको हो। 

गत हप्ता पोखरा रंगशालामा च्यासल ५-० ले पराजित भएको थियो। त्यसपछि काठमाडौं आएसँगै खेलाडीको टेस्ट लिँदा कोरोना देखिएको मगरले जानकारी गराए। दुवै टोलीको नियमित खेलाडीसमेत हुन्। अब, नवौं चरणमा च्यासलले पुलिससँग खेल्दैछ। 

यता, जावलाखेलसमेत खेलाडी बिरामी हुँदा बिहीवारको बिहानी सत्रमा १४ खेलाडीलाई प्रशिक्षणमा सामेल गराएको थियो। 

मुख्य प्रशिक्षक किशोर केसीले खेलाडीमा रुघाखोकी देखिएकाले गोलकिपरसहित १४ खेलाडीले मात्रै अभ्यास गरेको र केही खेलाडी निको हुने अवस्थामा रहेको बताए। 

Logo