प्रधानमन्त्री कपको उपाधिका लागि आज एपीएफ र पुलिस भिड्दै

प्रधानमन्त्री कपको उपाधिका लागि आज एपीएफ र पुलिस भिड्दै

केन्द्रबिन्दु
0
Shares

पहिलो पटक टी–२० फर्म्याटमा आयोजना भएको प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज बुधबार हुँदैछ।

उपाधिका लागि विभागीय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब कीर्तिपुरस्थित टियु मैदानमा बिहान १० बजे भिड्नेछन् । टस साढे ९ बजे हुनेछ। 

राष्ट्रिय तथा युवा खेलाडीले मिश्रित दुबै टोली बलिया छन्। दुबै टोलीको ब्याटिङ लाईन र बलिङसमेत बलियो छ। सेमिफाइनलकै तुलनामा हेर्ने हो भने आज ठूलो स्कोर बन्न सक्छ। 

सेमिफाइनलमा पुलिसले बागमती प्रदेश र एपीएफले अर्काे विभागीय प्रतिद्वन्द्वी आर्मीलाई पराजित गरेको थियो । 

१० टोली सहभागी प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन्।

यसअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिता एकदिवसीय फर्म्याटमा आयोजना गर्दै आएको थियो।

तर, आगामी महिना ओमानमा हुने टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले सहभागीता जनाउने भएपछि त्यसैको तयारी स्वरुप यस प्रतियोगिता टी–२० फर्म्याटमा आयोजना भएको हो। 

Skip This
Skip This
Logo