युनाईटेडले लिभरपुललाई हरायो

युनाईटेडले लिभरपुललाई हरायो

केन्द्रबिन्दु
0
Shares

म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । गएराति सम्पन्न चौंथो चरणकाे खेलमा लिभरपुललाई ३-२ गोल अन्तरले पराजित गर्दै युनाईटेड पाँचौं चरणमा पुगेको हो । दुई पटककाे अग्रता जोगाउन नसक्दा लिभरपुलले हार व्यहाेर्नु परेकाे हाे ।

खेलकाे १८ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, खेलको २६ औं मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ४८ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए । तर, सलाहले खेलको ५८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा खेल २-२ को बराबरीमा पुग्यो।

त्यसपछि युनाईटेडका लागि ब्रुनो फर्नान्डेसले खेलको ७८ औं मिनेटमा फर्नान्डेसले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै युनाईटेडलाई ३-२ को जित दिलाए ।

Logo