अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि एक तिहाइ दर्शकलाई मैदान प्रवेश दिने भएको छ।
एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै १५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलका लागि मैदानको कुल क्षमताको ३३ प्रतिशत दर्शकलाई मैदान प्रवेशका लागि अनुमति दिने भएको छ।
यस्तै एन्फाले मैदानको टिकट दरसमेत निर्धारण गरेको छ। भिआइपीतर्फ एक हजार र सामान्य तर्फ पाँच सय टिकट निर्धारण गरिएको हो।
यस्तै एन्फाले दुवै खेल दशरथ रंगशालामा साँझ पौने ५ बजे सुरु हुने बताएको छ।
यस अघि एन्फा दर्शक प्रवेशमा अनिर्णीत बनेको थियो। जिल्ला प्रशासनको स्वीकृतपछि एन्फा मैदानमा दर्शक प्रवेश गराउने निर्णयमा पुगेको हो।
खेलको लागि मौरिसस टोली हिजो (सोमबार) नै नेपाल आइसकेको छ। यता, नेपाली टोली भने प्रशिक्षणमा व्यस्त छ। प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले ३४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। जसमा ९ खेलाडीले पहिलो पटक अवसर पाएका छन्। प्रशिक्षक अब्दुल्लाहले केही दिनमै २३ सदस्यीय टिम घोषणा गर्नेछन्।
टिकट दर एक हजार र ५०० ताेकियाे
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलको टिकट दर तोकेको छ।
१५ र १८ माघमा हुने दुई मैत्रीपूर्ण खेलको भीआईपी तर्फ एक हजार र सामान्य तर्फ ५०० रुपैयाँकाे टिकट दर ताेकेकाे एन्फाले जनाएकाे छ।





























प्रतिक्रिया