नेपाली राष्ट्रिय फुटबल टोलीले आज अफ्रिकी देश मौरिसससँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। खेल साँझ पौने ५ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिसससँगको दुई मैत्रीपूर्ण खेलका लागि यसअघि नै ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए । टोलीबाट पहिलो खेलका लागि २३ खेलाडी छनोट भएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सीमित दर्शक राख्न स्वीकृति दिएको छ। दुई मैत्रीपूर्ण फुटबल खेलका लागि मौरिससको राष्ट्रिय टिम नेपालमा छ। घरेलु मैदानमा हुन लागेको मौरिसससँगको खेलमा सुखद् नतिजा नै मुख्य लक्ष्य भएको नेपाली टोलीले जनाएको छ। त्यस्तै मौरिसस नेपाललाई रोक्ने रणनीतिका साथ खेल्नेछ।
खेलको अघिल्लो दिन शुक्रबार भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरण चेम्जोङले मौरिसससँगका दुई मैत्रीपूर्ण खेल जितका लागि खेल्ने बताएका छन्। अर्को खेल मङ्गलवार हुनेछ।





























प्रतिक्रिया