नेपाल क्रिकेट संघ (क्यान) ले भारतका रघुराम श्रीनिवासलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षक नियुक्त गरेको छ।
ओमानमा हुने आईसीसी ट्वान्टी-२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरका लागि श्रीनिवासलाई फिल्डिङ प्रशिक्षकका रूपमा नियुक्त गरिएको क्यानले जनाएको छ। श्रीनिवास आइतबार नेपाल आइसकेका छन् ।
श्रीनिवासले नेपालका मुख्य प्रशिक्षक पुबुदु दसानायकेसँग अमेरिकामा पनि सँगै काम गरेका थिए। ओमान भ्रमणका लागि नेपाली टोलीले अहिले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बन्द प्रशिक्षण गरिरहेको छ। ‘रघुसँग मैले अमेरिकामा पनि सँगै काम गरेको थिएँ। उनी धेरै ऊर्जावान् फिल्डिङ प्रशिक्षक हुन्।
जसले नेपाली टोलीमा भएका केही कमजोरीहरू सुधार गर्न सक्छन्। छोटो समयमा उनले मूल्यवान समय दिएकोमा उनीप्रति आभारी छु,’, मुख्य प्रशिक्षक दसानायकेले भने। नेपालले ग्लोबल क्वालिाफयरअघि ओमान, युनाइटेड अरब इमिरेट्स (यूएई) र आयरल्यान्डसँग चार देशीय श्रृंखला खेल्नेछ।
नेपालको खेल तालिका
चार देशीय श्रृंखलाका खेल
माघ २८ गते – नेपालविरुद्ध ओमान
माघ २९ गते – नेपालविरुद्ध यूएई
फागुन २ गते – नेपालविरुद्ध आयरल्यान्ड
ग्लोबल क्वालिफायरका खेल
फागुन ६ गते – ओमानविरुद्ध नेपाल
फागुन ७ गते – फिलिपिन्सविरुद्ध नेपाल
फागुन ९ गते – क्यानडाविरुद्ध नेपाल





























प्रतिक्रिया