शीर्षस्थानमा बायर्नको ७ अंकको अग्रता

शीर्षस्थानमा बायर्नको ७ अंकको अग्रता

केन्द्रबिन्दु
0
Shares

जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले साल्केमाथि फराकिलो जित दर्ता गरेकाे छ । आइतबार राति सम्पन्न खेलमा बायर्नले साल्केलाई उसकै मैदानमा ४–० को  अन्तरले पराजित गरेकाे हाे ।

बायर्नले खेलको ३३औं मिनेटमा थोमस मुलरको गोलबाट अग्रता लिएको थियो । ५४औं मिनेटमा किम्मिखकाे पासमा लेवान्डोस्कीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

खेलकाे ८८औं मिनेटमा मुलरले किम्मिखकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । ९०औं मिनेटमा डेभिड अलवाले  गोल गर्दै बायर्नलाई फराकिलो जित दिलाए ।

यो जितसँगै बायर्नले शीर्षस्थानमा ७ अंकको अग्रता लिएको छ । बायर्नको १८ खेलबाट ४२ अंक पुगेको छ ।

Logo