आजबाट बेइजिङ ओलम्पिक सुरु हुँदै

आजबाट बेइजिङ ओलम्पिक सुरु हुँदै

केन्द्रबिन्दु
0
Shares

एसियाली मुलुक चीनको बेइजिङमा २४औं शीतकालिन (विन्टर) ओलम्पिक आज (शुक्रबार)बाट औपचारिक रुपमा सुरु हुँदैछ।

कोरोना भाइरसकाे ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसके पनि औपचारिक उद्घाटन भने शुक्रबारबाट हुन लागेको हो।

९१ राष्ट्रको सहभागी रहने विन्टर ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ।

यद्यपी अमेरिका, बेलायत, भारत लगायत विभिन्न देशले कुटनीतिकरुपमा बहिष्कार गरेका छन्। उनीहरूले चीनमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको जनाउँदै ओलम्पिकको उद्घाटन र समापनमा सहभागी नहुने घोषणा गरेका हुन्।

हिउँमा खेलिने खेलमा १०९ स्वर्ण पदकको लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ। विन्टर ओलम्पिक फेब्रुअरी २० तारिखसम्म आयोजना हुनेछ।

Logo