सहिद स्मारक ए डिभिजन लिगः रेलिगेशन जोनका चार क्लबको एकै समय प्रतिस्पर्धा

सहिद स्मारक ए डिभिजन लिगः रेलिगेशन जोनका चार क्लबको एकै समय प्रतिस्पर्धा


सहिद स्मारक ए डिभिजन लिगको एघारौं चरण आजबाट सुरु हुँदैछ। यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा)ले विकेन्ड लिग बताए पनि त्यसलाई पूर्ण रुप नदिँदै हप्ताभर लिगका खेल आयोजना गर्न लागेको हो। 

यसअघि लिग चरणका खेल शुक्रबार सुरु भएर सोमबार सकिने र तीन दिन विश्राम समय दिएको थियो। अब भने त्यस्तो रहेन।

मंगलबार दुई खेल हुँदैछन्। दुई खेलका चार टोली नै हाल रेलिगेशन ब्याटलमा छन्। चारै क्लबको दाउ कम्तिमा रेलिगेशनबाट बच्नु रहनेछ। खेल दिउँसाे १ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र सातदोबाटोस्थित एन्फा कम्प्लेक्स हुनेछ। 

दशरथ रंगशालामा हुने खेलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ। ब्रिगेड १० खेलमा ६ अंक जोडेर १३ औं स्थानमा छ। ५ अंक जोडेर च्यासल पुछारमा छ।

एन्फा कम्प्लेक्समा सोही समय जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच भिडन्त हुनेछ। जावलाखेल ९ अंकसहित ११औं स्थान र फ्रेण्ड्स ६ अंकसहित १२ औं स्थानमा छ।

Logo