सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत ११औँ चरणको खेलमा संकटा क्लब न्युरोड टिम (एनआरटी) सँग १–० ले स्तब्ध बनेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएकाे खेलको २८औँ मिनेटमा स्टेफेन विनोङले गरेको गोल नै एनआरटीको जितमा निर्णायक बन्यो।
सरोज तामाङले दिएको लामो क्रसलाई विनोङले उत्कृष्ट कन्ट्रोलसहित संकटाका दुई डिफेन्डरलाई पन्छाउँदै गोल गरेका थिए।
जितसँगै ११ खेलबाट १७ अंक जोडेको एनआरटी तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। एनआरटीले चारमा जित, पाँचमा बराबरी र दुईमा पराजयको नतिजा आत्मसाथ गरेको छ।
यस्तै, समान खेलबाट १५ अंक जोडेको संकटा भने तालिकाको छैटौँ स्थानमा झरेको छ। संकटाले तीनमा जित, ६ मा बराबरी र दुईमा हारको नतिजा निकालेकाे छ।
आजै दशरथ रंगशालामा भएको खेलमा विभागीय टोली एपीएफले मनाङ मर्स्याङ्दी क्लबलाई ३-१ अन्तरले पराजित गर्दै रेलिगेसन डर अन्त्य गरेको छ।





























प्रतिक्रिया