नेपालले आइसीसी विश्वकप टी–२० को ग्लोबल छनोटअन्तर्गत शनिवारको खेलमा फिलिपिन्सलाई १३६ रनको पराजित गरेको छ ।
ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१८ रनको योगफल तयार गर्यो । नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले ७ विकेटको क्षतिमा २० ओभर खेल्दै ८२ रन मात्र जोड्न सफल भएको हो
यससँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । नेपालले समूह ‘ए’ को विजेता वा उपविजेतामध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । त्यसअघि नेपालले समूह चरणको अन्तिम खेलमा क्यानडासँग खेल्नेछ । यद्यपि अब क्यानडासँग पराजित भए पनि नेपालले सेमिफाइनल खेल्न पाउने छ ।
प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले अक्टोबरदेखि अस्ट्रेलियामा हुने विश्वकपमा आफ्नो स्थान पक्का गर्नेछन् ।































प्रतिक्रिया