इंग्लिस प्रिमियर लिग : लिड्समाथि युनाइटेडको रोमाञ्चक जित

इंग्लिस प्रिमियर लिग : लिड्समाथि युनाइटेडको रोमाञ्चक जित

केन्द्रबिन्दु
0
Shares

लिड्स युनाइटेडलाई ४-२ गोल अन्तरले पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ। 

लिड्सको मैदानमा युनाइटेडलाई जिताउन ह्यारी मग्वाएर, ब्रुनो फर्नान्डेज, फ्रेड र एन्थोनी इलान्गाले गोल गरे।

यस्तै लिड्सका लागि रोड्रिगो मोरेनो र राफिन्फाले एक-एक गोल गरे । जितसँगै युनाइटेड २६ खेलमा ४६ अंक जोड्दै चौथो स्थानमा छ। लिड्स २४ अंक जोडेर १५औं स्थानमा छ।

Skip This
Skip This
Logo