क्यानडाद्वारा नेपालसामु ८१ रनको सामान्य लक्ष्य

क्यानडाद्वारा नेपालसामु ८१ रनको सामान्य लक्ष्य

केन्द्रबिन्दु
0
Shares

आईसीसी टी–२० विश्वकप क्रिकेट ग्लोबल छनोटअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले ८१ रनको सामान्य लक्ष्य पाएको छ । 

ओमानमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडा १५ ओभरमा मात्र रनमा अलआउट हुन पुग्यो । डिलोन हेलिगर २४, क्याप्टेन नभनित डालिवालले १८, ओपनर रियान पठानले १४ र सलमान नजरले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । क्याप्टेन सन्दीप लामिछानेले आफ्नो स्पेलमा १२ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरी र अभिनाष बोहोराले २–२ विकेट लिदा कुशल मल्लको नाममा एक विकेट रह्यो । क्यानाडाका थप २ ब्याट्सम्यान रन आउट भए । 
नेपालले केहीबेरमा जवाफी इनिङ्स थाल्नेछ । 

जारी खेलमा जित निकाले नेपाल अपराजित रहँदै सेमिफाइनलमा पुग्नेछ । फाइनल प्रवेशका लागि नेपालले यूएईसँग खेल्नेछ ।

समुह बीको अर्को खेलमा फिलिपिन्सले ओमानसामु ३७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । पहिला ब्याटिङ गरेको फिलिपिन्स १५.२ ओभरमा ३६ रनमा अलआउट भयो । केहीबेरमा ओमानले जवाफी इनिङ्स थाल्नेछ । 
 

Logo