नेपाल अपराजित रहँदै सेमिफाइनलमा, फाइनल प्रवेशका लागि यूएईसँग खेल्ने

नेपाल अपराजित रहँदै सेमिफाइनलमा, फाइनल प्रवेशका लागि यूएईसँग खेल्ने

केन्द्रबिन्दु
0
Shares

नेपाल अपराजित रहँदै आईसीसी टी- विश्वकप क्रिकेट ग्लोबल छनोटको सेमिफाइलनमा प्रवेश गरेको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो । नेपालले ३ खेलबाट ६ अंक जोड्यो ।

आफ्नो अन्तिम खेलमा फिलिपिन्सलाई ‍‍‍फराकिलो अन्तरले पराजित गर्दै घरेलु टिम ओमानले पनि सेमिफाइनल यात्रा तय गरेको छ । सेमिफाइनलमा नेपालले समुह ए को उपविजेता यूएईसँग भाेलि प्रतिस्पर्धा गर्नेछ । अर्काे खेलमा ओमान र समुह ए को विजेता आयरल्याण्डबीच खेल हुनेछ । फाइनल पुग्ने टाेली यसैवर्ष अस्ट्रेलियामा हुने विश्वकपका लागि छनाेट हुनेछ । 

क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा नटआउट रहँदै कुशल भुर्तेलले ३४ र दिपेन्द्रसिंह ऐरीले २७ रन बनाए । आसिफ शेखले १७ रनको योगदान गरे । कुशल मल्ल भने गोल्डेन डक आउट हुन पुगे । 

ओमानमा टस जितेर पहिला ब्याटिङ गरेको क्यानडा १५ ओभरमा मात्र रनमा अलआउट हुन पुग्यो । डिलोन हेलिगर नटआउट २४, क्याप्टेन नभनित डालिवालले १८, ओपनर रियान पठानले १४ र सलमान नजरले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । क्याप्टेन सन्दीप लामिछानेले आफ्नो स्पेलमा १२ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरी र अभिनाष बोहोराले २–२ विकेट लिदा कुशल मल्लको नाममा एक विकेट रह्यो । क्यानाडाका थप २ ब्याट्सम्यान रन आउट भए । 

अर्को खेलमा फिलिपिन्सले दिएको ३७ रनको सामान्य लक्ष्य ओमानले २।५ ओभरमा एक विकेट गुमाएर भेट्टायो । उसको जितमा खुराम नवाजले १२ बलमा नटआउट ३३ रन जोडे । यसअघि पहिला ब्याटिङ गरेको फिलिपिन्स १५।२ ओभरमा ३६ रनमा अलआउट भएको थियो । 

समुह ए बाट आयरल्याण्ड र यूएई सेमिफाइनलमा प्रवेश गरे । समान ४ अंक भएपनि आयरल्याण्ड समुह विजेता र यूएई उपविजेता बनेका हुन् । समान ४ अंक भएपनि बहराइन भने सेमिफाइनल पुग्न सकेन ।

 

Logo