नेपाल विश्वकपमा छनोट हुन एक जित टाढा

नेपाल विश्वकपमा छनोट हुन एक जित टाढा

केन्द्रबिन्दु
0
Shares

आईसीसी टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको सेमिफाइनलमा नेपालले आज मंगलबार बलियो प्रतिद्वन्दी यूएईसँग प्रतिस्पर्धा गर्दैछ। जारी प्रतियोगितामा अपराजित एकमात्र टोली नेपालले समूह ए को उपविजेता यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो। 

खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ। यूएईविरुद्धको खेलमा जित निकाल्न सके नेपालले यही वर्ष अस्ट्रेलियामा हुने विश्वकप क्रिकेटमा स्थान पक्का गर्नेछ। जारी प्रतियोगिताको फाइनल पुग्ने दुई टोली विश्वकपका लागि छनोट हुनेछन्। सोही समय आयरल्याण्ड र ओमानबीच पनि खेल हुनेछ। 

छनोट खेल पूर्वको चार देशीय क्रिकेट सिरिजमा नेपाल यूएईसँग पराजित भएको थियो। आजको प्रतिस्पर्धामा नेपाललाई सोही हारको बदला लिँदै आईसीसी वरीयतामा सुधार गर्ने मौका पनि हुनेछ । यूएईविरुद्ध जित निकाल्न नेपाललाई ब्याटिङमा सुधार आवश्यक छ। आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्लको ब्याट आजको खेलमा चल्न आवश्यक छ। क्याप्टेन सन्दीप लामिछाने, जितेन्द्र मुखिया, कमलसिंह ऐरी, अविनाष बोहोराले आजको खेलमा पनि चमत्कारिक बलिङलाई निरन्तरता दिन आवश्यक छ। 
 
लिग चरणका तीनमध्ये २ खेलमा नेपाल कसिलो बलिङ मद्दतमा विजयी भएको थियो। तीनै म्याचमा टस हारेको नेपाल ६ अंक जोड्दै सेमिफाइनलमा पुगेको हो।

Skip This
Skip This
Logo