प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : बागमती सेमिफाइनलमा

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट : बागमती सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

लम्बिनी प्रदेशसँग बराबरी खेलेको बागमती प्रदेश राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा आइतबार लुम्बिनी प्रदेशसँग रोमाञ्चक बराबरी खेलेको बागमतीले अन्तिम चारमा स्थान बनाउँदै सेमिफाइनलमा पुगेको हो । बागमतीले दिएको २ सय २१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लुम्बिनी ४८ ओभरमा अलआउट हुँदै २ सय २० रनमा समेटिएपछि खेल बराबरीमा टुंगिएको थियो । रोमाञ्चक बनेको खेलमा लुम्बिनीलाई जितका लागि १ रन आवश्यक थियो । लुम्बिनीले ९ विकेट गुमाईसकको थियो । क्रिजमा रहेका दिपेन्द्र रावत रन आउट भएपछि खेल बराबरीको अवस्थामा पुगेको थियो । त्यसअघि लुम्बिनीको लागि कप्तान कृष्ण कार्की र प्रकाश केसीले सर्वाधिक ४१ रन बनाए । कृष्ण कार्कीले ४१ रन बनाए । यस्तै सौरभ खनालले ३४ रन जोड्दा देव खनालले २६ रन बनाए ।

बागमतीका विपिन आचार्यले ४ तथा गौतम केसीले २ विकेट लिए । रामनरेश गिरी, इशान पाण्डे र तिलक भण्डारीले १÷१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय २० रन बनाएको थियो । बागमतीका लागि आदील खान र इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेलेका थिए । आदीलले ५५ रन जोड्दा इशानले ५१ रनको योगदान गरेका थिए । यस्तै आकाश थापाले ३९ रन जोड्दा पृथु बास्कोटाले २९ कप्तान ज्ञानेन्द्र मल्ल १४ र नन्दन यादव ११ रनमा अविजित रहे ।

लुम्बिनीका दिपेन्द्र रावतले ३ विकेट लिए । कृष्ण कार्की र सन्दीप सुनारले २÷२ विकेट लिए । लुम्बिनीसँगको खेल बराबरी भएसँगै समूह ‘बी’ एपीएफले ४ खेलमा ७ अंक जोड्यो । एपीएफ समूह विजेताको रुपमा सेमिफाइनलमा समेत पुग्न सफल भयो । लुम्बिनीले भने ४ खेलमा ५ अंक जोड्न सक्यो । लुम्बिनीको सेमिफाइनल यात्रा भने अन्य टिममा निर्भर रहेको छ ।

अब समूह चरणको अन्तिम खेलमा पुलिस र प्रदेश–२ खेल्नेछ । पुलिस र प्रदेश–२ बीचको खेलले सेमिफाइनल पुग्ने अर्को टोलीको तय हुनेछ ।

Logo