मनाङ मर्स्याङ्दी क्लबले पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा मनाङले भारतको दिल्ली फुटबल क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

खेलमा तीनै गोल दोस्रो हाफमा सम्भव भएका थिए । ७१औं मिनेटमा गोल गर्दै कृष्णले दिल्ली फुटबल क्लबलाई अग्रता दिलाएका थिए । तर ८२औं मिनेटमा क्याप्टेन अन्जन बिष्टले मनाङका लागि बराबरी गोल फर्काएका थिए ।
८५औं मिनेटमा विमल रानाले गोल गरेपछि मनाङले प्रतियोगिताको उद्घाटन खेलमा नाटकीय अग्रता लिएको थियो । सो पछि गोल हुन सकेन र मनाङले खेल २-१ ले आफ्नो पक्षमा पार्यो ।
सुदुरपश्चिम–११ स्पोर्टस क्लब धनगढीको आयोजनामा सुरु प्रतियोगितामा १० टिम सहभागी छन् । आयोजक सुदुरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लब प्रतियोगितामा सहभागी छन् ।
यस्तै एनजेजेवाईसी फुटबल क्लब र क्यामरुनको एभेनिर फुटबल क्लबले पनि प्रतियोगितामा सहभागिता जनाएको छ । सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ ।































प्रतिक्रिया