नेपाली क्रिकेट टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी पुरुषतर्फ फेब्रुअरी महिनाको लागि आईसीसी प्लेयर अफ द मन्थको मनोनयन सूचीमा परेका छन्। मनोनयनमा उनीसँगै भारतका श्रेयस ऐर र यूएईका भृत्या अरविन्द पनि छन् ।
पछिल्लो समय उच्च फर्ममा रहेका दीपेन्द्रले नेपाल, यूइई, ओमान र आयरल्याण्ड सहभागी चार देशीय टी–२० सिरिज र आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा अलराउण्ड प्रदर्शन गरेका थिए। ग्लोबल छनोटमा १ सय ५९ रन बनाएका राष्ट्रिय टिमका उपकप्तान ऐरीले ६ विकेटसमेत लिएका थिए।
चारदेशीय टी–२० सिरिजमा समेत ३ खेलमा १ सय ४२ रन बनाएका थिए । आयरल्यान्डविरुद्धको खेलमा एक्दै ४ विकेट लिएर उनले सनशनी मच्चाएका थिए । राष्ट्रिय टिम अहिले श्रीलंका भ्रमणमा छ र जारी अभ्यास खेलहरुमा समेत दीपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै आएका छन्।
प्लयेर अफ द मन्थ विजेता भने भोटिङको आधारमा छनोट हुनेछन् ।





























प्रतिक्रिया