श्रीलंका पुलिसविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

श्रीलंका पुलिसविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

केन्द्रबिन्दु
0
Shares

अभ्यास खेलका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज तेस्रो खेलमा श्रीलंका पुलिसको सामना गर्दैछ। 

अघिल्ला दुई खेलमा श्रीलंका नेभीविरुद्ध जित निकालेको नेपाल तेस्रो खेलमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। कप्तान सन्दीप लामिछानेको टोली लगातार तेस्रो खेलसमेत जित्ने योजनामा छ। 

यसअघि नेपालले पहिलो खेलमा नेभीविरुद्ध १११ र दोस्रो खेलमा ८२ रनको जित निकालेको थियो। 

अभ्यासपछि नेपाली टिम १४ मार्चमा संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्नेछ। जहाँ नेपालले विश्वकप लिग-२ प्रतियोगिता खेल्नेछ। 

Skip This
Skip This
Logo