नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै युएई

नेपालविरुद्ध टस जितेर ब्याटिङ गर्दै युएई

केन्द्रबिन्दु
0
Shares

विश्वकप क्रिकेट लिग-२ एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ। 

शुक्रबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा नेपालले पीएनजीलाई दुई विकेटले हराएको थियो।

युएईसमेत लगातार दोस्रो जित निकाल्ने योजनामा  छ। उसले पहिलो खेलमा पीएनजीलाई नै सात विकेटले पराजित गरेको थियो । हालसम्म नेपाल र युएई एकदिवसीय अन्तर्राष्ट्रियमा चारपटक आमने-सामने भएका छन् । जसमा नेपाल र युएई दुवैले समान दुईपटक जित हात पारेका छन्।

लिगमा युएई १५ खेलमा आठ जित निकाल्दै १८ अंकका साथ दोस्रो स्थानमा छ। नेपाल भने नाै खेलमा १० अंक जोडेर  छैटौं स्थानमा  छ।  

Skip This
Skip This
Logo