यूएईद्वारा नेपालसामु १६९ रनको लक्ष्य

यूएईद्वारा नेपालसामु १६९ रनको लक्ष्य

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप क्रिकेट लिग २ मा यूएईले नेपालसामु १६९ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ। दुबईमा टस जितेर पहिला व्याटिङ गरेको यूएई ४६.३ ओभरमा १६८ रनमा अलआउट भएपछि नेपालले सो लक्ष्य पाएको हो। 

यूएईका लागि चुन्दागापोइल रिजवान र रोहन मुस्तफाले समान ४० रन बनाए। ३५ रन जोड्दा ४ विकेट गुमाएको स्थिति सम्हाल्दै रिजवान र मुस्तफाले पाँचौं विकेटका लागि ५७ रनको साझेदारी गर्दै यूएईको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। उनीहरुको विकेट पतनसँगै यूएईको इनिङ्स धरमराएको थियो । 

नेपालका लागि सोमपाल कामीले ४ र करण केसीले ३ विकेट लिए । ९ ओभर बलिङ गरेका सोमपालले ३९ रन खर्चेर ४ विकेट लिए भने किफायती बलिङ गरेका करणले ७.३ ओभरमा एक मेडनसहि त १६ रन खर्चेर ३ विकेट झारे । सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐ्री र सागर ढकालको नाममा एक एक विकेट रह्यो।  नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ । 

९ खेलबाट १० अंक भएको नेपाल छैठौं र १५ खेलबाट १८ अंक भएको यूएई दोस्रो स्थानमा छ । 

ट्वान्टी २० विश्वकप क्रिकेटको ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग पराजित हुँदै नेपाल विश्वकप खेल्नबाट बन्चित भएको थियो । शुक्रबारको खेल नेपाललाई सो हारको बदला लिने मौका समेत रहेको छ ।

Logo