एकताद्वारा आयोजना गरिएको किन्डर ओलम्पिक सम्पन्न भएकाे छ। गत शनिबार दशरथ रंगशालामा सफलतापूर्वक सम्पन्न भएकाे हाे। उक्त कार्यक्रममा उपत्यकाका करिब २३ वटा विद्यालयको सहभागीता थियो।
जसमा करिब ८५० विद्यार्थीहरुले विभिन्न खेलकुदमा भाग लिएका थिए। खेल कार्यक्रम ३ वर्षदेखि ६ बर्षसम्मका बालबालिकालाई लक्षित गरिएर आयोजना गरिएको थियो।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बेलुन उडाई तथा ओलम्पियनहरुलाई ओलम्पियन टर्च हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरिएकाे थियाे। उक्त कार्यक्रममा विभिन्न ओलम्पिनका साथै विशिष्ठ अतिथिको पनि उपस्थिति थियो।
बालबालिकालाई हौशला प्रदान गर्न डा अन्जान शाक्य (पूर्व इजरायली राजदूत ) तथा श्री गुजेश्वोरीले अन्तिमसम्म पनि कार्यक्रम अवलोकन गरि सबै बालबालिकालाई खेलप्रति प्रोत्साहन दिए। मुख्य प्रायोजक नेपाल स्टेम एलायन्स रहेको कार्यक्रममा विभिन्न संघ संस्थाको पनि प्रायोजन रहेको थियो। सबै खेल बालबालिकाको उमेर सुहाउँदो ढंगले योजना तथा कार्यान्वयन गरिएको थियो।
सानै उमेरदेखि बालबालिकालाई खेलप्रति अभिरुचि प्रदान गर्न र जित्नु/ हार्नुभन्दा पनि सहभागिता हुनु नै ठूलो हो भन्ने कुराको महत्वपूर्ण सन्देश दिन कार्यक्रम गरिएको हाे।





























प्रतिक्रिया