यी हुन् कतार विश्वकपमा स्थान बनाएका २९ राष्ट्र

यी हुन् कतार विश्वकपमा स्थान बनाएका २९ राष्ट्र

केन्द्रबिन्दु
0
Shares

यसै वर्ष एशियाली मुलुक कतारमा आयोजना हुने ‘कतार फिफा विश्वकप-२०२२’ का लागि २९ राष्ट्र छनोट भइसकेका छन्। कुल ३२ राष्ट्रले सहभागिता जनाउने विश्वकपमा तीन राष्ट्रको भने टुंगो लागेको छैन। 

यसपटकको विश्वकप २१ नोभेम्बरबाट सुरु भई १८ डिसेम्बरमा समाप्त हुनेछ। विश्वकपकै इतिहासमा पहिलो पटक खेलहरू विन्टरमा हुँदैछन्। 

विश्वकपमा युरोपबाट सबैभन्दा धेरै १३, अफ्रिकाबाट ५, एसिया र कन्मेवलबाट समान ४ (दुवैबाट एक प्लेअफ टिम) रहँदा कोन्काफ ३ (एक प्लेअफ) र ओसियानाबाट १ (प्लेअफ) देशले सहभागिता जनाउनेछन्। 

विश्व फुटबलको सर्वाेच्च संस्था फिफाले ३२ टोलीलाई (प्लेअफ सहित) चार ‘पोट’ मा विभाजन गरेको छ। आज (शुक्रबार) राति नै विश्वकपको ‘ड्र’ समेत हुँदैछ। पोट ‘ए’ मा रहेका विश्व वरियताका शीर्ष सात र एक आयोजक टिमले अन्य तीन ‘पोट’बाट एक एक टिम पाउँदा एक समूहमा चार टिम रहनेछन्।

हालसम्म यरोपबाट बेल्जियम, क्रोयशिया, डेनमार्क, इंग्ल्याण्ड, फ्रान्स, जमर्नी, नेदरल्यान्ड, पोल्याण्ड, पोर्चुगल, सर्विया, स्पेन र स्विजरल्यान्ड रहेका छन्।

यस्तै कन्मेवल अर्थात दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, इक्वेडर र उरुग्वे छनोट भएका छन्। यता, कन्काफबाट क्यानडा, अमेरिका र मेक्सिको छनोट भइसकेका छन्। यता, अफ्रिकाबाट घाना, सेनेगल, ट्युनिसिया, मोरोक्को र क्यामरुन छनोट भएका छन्। 

यता, एसियाबाट आयोजक कतारसहित जापान, दक्षिण कोरिया, साउदी अरेबिया र इरान छनोट भएका छन्। 

अब, विश्वकपमा प्लेअफबाट वेल्सविरुद्ध स्कटल्याण्ड र युक्रेनबीच एक, अष्ट्रेलिया र संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध पेरु एक, कोस्टा रिकाविरुद्ध न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ र तीन टिम छनोट हुनेछन्।

Logo