इंग्लिस प्रिमियर लिगः सिटी र लिभरपुलले जित निकाल्दा चेल्सीको हार

इंग्लिस प्रिमियर लिगः सिटी र लिभरपुलले जित निकाल्दा चेल्सीको हार

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष टोली म्यानचेस्टर सिटी र लिभरपुलले जित निकाल्दा तेस्रो स्थानको चेल्सीले भने हार बेहोरेको छ।

सिटीले बर्नलीलाई २-० अन्तरले हरायो। खेलको पाँचौं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए। २५औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई २-० को सहज  जित दिलाए।

अर्को खेलमा लिभरपुलले वाट्फोर्डलाई २-० गोल अन्तरले नै हरायो। लिभरपुलको जितमा डिएगो जोटा र फाबिन्होले समान एक-एक गोल गरे।

२२औँ मिनेटमा जोटाले गोल गर्दै टोलीलाई अग्रता दिए । ८९औं मिनेटमा फाबिन्होले पेनाल्टीबाट गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए।

अर्को खेलमा भने चेल्सी अप्रत्याशित नतिजा पायो। उसलाई घरेलु मैदानमै ब्रेन्टफोर्डले ४-१ अन्तरले हरायो। ४८औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए। ५०औं मिनेटमा भिटाली जनालेटले गोल गर्दै ब्रेन्टफोर्डलाई १-१ को स्थितिमा ल्याए।

खेलको ५४औं मिनेटमा क्रिस्टियन एरिक्सन, ६०औं मिनेटमा भिटालीले व्यक्तिगत दोस्रो र ८७ औं मिनेटमा विसाले गोल गर्दै ब्रेन्टफोर्डलाई ४-० को जित दिलाए।

अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँड्याे । ३० खेल खेलेको सिटी ७३ अंक सहित शीर्ष स्थानमा छ। ७२ अंकको लिभरपुल दोस्रो स्थानमा रहँदा ५९ अंकको चेल्सी तेस्रो स्थानमा छ।

Skip This
Skip This
Logo