आइपीएल: गुजरात र राजस्थानको जित

आइपीएल: गुजरात र राजस्थानको जित

केन्द्रबिन्दु
0
Shares

इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार भएको खेलमा गुजरात टाइटन्स र राजस्थान रोयल्सले जित निकालेका छन्।

गुजरातले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गर्दै लगातार दोस्रो जित निकाल्यो । १७२ रनको लक्ष्य पछ्याएको दिल्ली २० ओभरमा ९ विकेट गुमाएर १५७ रनमा समेटियो। 

दिल्लीका कप्तान ऋषव पन्तले सर्वाधिक ४३ रन बनाए। ललित यादवले २५, रोभमन पावेलले २० बनाए। गुजरातको जितमा लोक्की फर्गुसनले ४ तथा मोहमद शामीले २ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाएकाे थियाे। उसका शुभम गिलले सर्वाधिक ८४ रन बनाए। डेबिड मिलरले अविजित २०, हार्दिक पाण्डेयले ३१, विजय शंकरले १३ रन बनाए। 

अर्को खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई  २३ रनले पराजित गरेकाे छ। १९४ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १७० रन मात्र बनायो।

मुम्बईका तिलक बर्माले सर्वाधिक ६१ रन बनाए। इशान किसनले ५४ रनको योगदान गरे।  राजस्थानको जितमा युज्भेन्द्र चाहाल र नभदीप शैनीले समान २ विकेट लिए।
    
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १९३ रन बनायो। राजस्थानका जोस बट्लरले १०० रन बनाए। सिमरन हिटमायरले ३५ र कप्तान सन्जु सामसनले ३० रनको योगदान गरे। मुम्बईका जस्प्रित बुम्रा र त्यामल मिल्सले समान ३ विकेट लिए।

Skip This
Skip This
Logo