त्रिकोणात्मक टि-२० सिरिज : उपाधिका लागि आज नेपाल र पीएनजी भिड्दै

त्रिकोणात्मक टि-२० सिरिज : उपाधिका लागि आज नेपाल र पीएनजी भिड्दै

केन्द्रबिन्दु
0
Shares

त्रिकोणात्मक टि-२० सिरिजको उपाधिका लागि आज नेपालले पपुवा न्युगिनी पिएनजीसंग प्रतिस्पर्धा गर्दैै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। पिएनजी, मलेसिया सम्मिलित सिरिजमा अपराजित रहँदै नेपाल फाइनल पुगेको हो।

समान ४ खेलमा १-१ खेल जितेका मलेसिया र पिएनजीको समान २ अंक छ तर नेट रनरेटमा अगाडी रहँदै पिएनजीले नेपालसँगको भेट पक्का गरेको हो।

सिरिज अन्तर्गत पहिलो खेलमा पिएनजीलाई १५ रनले हराएको नेपालले दोस्रो खेलमा ३७ रनको जित निकालेको थियो। यस्तै नेपालले मलेसियाविरुद्धको पहिलो खेलमा ६ विकेट र पहिलो खेलमा ८५ रनको जित निकालेको थियो। यसअघि पिएनजीसँगै भएको दुई खेलको एक दिवसिय सिरिजमा नेपाल दुवै खेलमा पराजित भएको थियो।

Skip This
Skip This
Logo