मेस्सी, नेयमार र एमबाप्पेको गोलसँगै पीएसजीको फराकिलो जित

मेस्सी, नेयमार र एमबाप्पेको गोलसँगै पीएसजीको फराकिलो जित


स्टार खेलाडीहरू केलियन एम्बाप्पे, नेयमार र लियोनल मेस्सीको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लोरिएन्टबिरुद्ध ५-१ अन्तरको सानदार जित निकालेको छ।

फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले दुई गोलसँगै ह्याट्रिक असिस्ट दिएपछि घरेलु मैदानमा  आइतबार राति पीएसजीले सहज जित पायो।

खेलमा नेयमार र एमबाप्पेले दुई दुई तथा मेस्सीले एक गोल गरे। लोरिएन्टका तेरेम मोफीले एक गोल फर्काए। १२औँ मिनेटमा नेयमारको गोलबाट पीएसजीले अग्रता बनायो। २८औं मिनेटमा एमबाप्पेले अग्रता दोब्बर पारे।

५६औं मिनेटमा तेरेम मोफीले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए। ६७औं मिनेटमा एम्बाप्पेले ब्यक्तिगत दोस्रो गोल गरे। ७३औं मिनेटमा मेस्सीले एम्बाप्पेको पासमा ४-१ को अग्रता बनाए।

९०औं मिनेटमा एमबाप्पेको ह्याट्रिक असिस्टमा नेयमारले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल  गरे ।

जितसँगै शीर्षस्थानमा रहेको पिएसजीले ३० खेलबाट ६८ अंक जोड्दै १२ अंकको स्पष्ट अग्रता लिएको छ। दोस्रो स्थानको मार्सेको ५६ अंक छ। पराजित लोरिएन्ट २८ अंक जोडेर १६औँ स्थानमा छ।

Logo