अखिल नेपाल फुटबल संघ (एन्फा)को जेठ १५ गते गर्ने भनिएकाे चुनाव असार ६ मा गर्नेगरि मिति सारिएकाे छ। गत पुस २३ मा बसेको एन्फा कार्यसमिति बैठकले एन्फाको चुनाव जेठ १५ मा गर्ने निर्णय गरेको थियो ।
तय मिति अनुसार नै सानेपास्थित हेरिटेज गार्डेनमा भएको एन्फाको चुनावी विशेष साधारण सभाले निर्वाचन समिति र निर्वाचन पुनरावेदन समिति गठन गर्नुका साथै उम्मेद्वारको मनोनयन शुल्क निर्धारण गरेको थियो।
पटक–पटक स्थगित भएपछि गत चैत १५ मा सम्पन्न विशेष साधारण सभाले चुनाव जेठ १५ मा गर्ने निर्णय गरेको थियो। तर, एन्फा सचिवालयले विशेष साधारण सभाको निर्णय उल्टाउँदै कार्यसमिति सदस्यहरू, जिल्ला र क्लबहरूलाई पठाएको ‘केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियासम्बन्धी कार्यक्रम’मा एन्फाको चुनाव असार ६ मा गर्ने जनाएको छ।
जिल्ला, क्लब तथा अन्य संघहरुको निर्वाचनको हकमा भने पुरानै निर्णयलाई निरन्तरता दिइएको छ।





























प्रतिक्रिया