जुम्ला-रारा अल्ट्रा म्याराथनको मुख्यमन्त्री शाहीले गरे उद्घाटन

जुम्ला-रारा अल्ट्रा म्याराथनको मुख्यमन्त्री शाहीले गरे उद्घाटन

केन्द्रबिन्दु
0
Shares

खेलकुद क्षेत्रमार्फत कर्णालीको पर्यटन प्रवर्द्धन गर्न भन्दै आजबाट जुम्ला रारा अल्ट्रा म्याराथन सुरु भएको छ । म्याराथनको कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरे । कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर नजिकैबाट शुरु भएको  म्याराथन रारातालसम्म पुगेर सकिने छ ।

नेपालका १० जिल्लासहित एक भारतीय खेलाडी गरेर ७७ जना सहभागीछन् । जुम्ला देखि राराताल सम्म पाँचवटा चेक प्वाइन्ट रहेका छन् ।म्याराथनको सुरुवाती प्वाइन्ट खलंगा बजार रहेको छ । क्रमशः डाँफे लेक, न्यौरीघाट, चौथा, डाब, चुचेमारा, मिलिचौर हुँदै राराताल सम्मको रुट तय भएको छ । 

विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया संरक्षकत्वमा स्थापित कर्णाली स्पोट्स क्लव जुम्लाले आयोजना गरेको हो । जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने धेययले जुम्लामा निरन्तर जुम्ला रारा अल्ट्रा म्याराथन भइरहेको छ ।

म्याराथनमा प्रथम हुनेले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । द्वितियले ६२ हजार ५ सय, तृतीयले ३७ हजार ५ सय र सान्त्वना हुनेले ७ जनाले ६ हजार ५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । 

Logo