कोरोनाले थलिएको नेपाली खेलकुद वर्ष २०७८ तङ्ग्रिने विश्वास गरिएपनि अपेक्षा अनुसारको गति लिन सकेन । खेलकुदमा उपलब्धिभन्दा खेलकुद क्षेत्रको राजनीतिक खिचातानी बढी चर्चामा रह्यो । संघीय सरकार परिवर्तनसँगै युवा तथा खेलकुद मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएसँगै नयाँ सदस्य सचिवको रुपमा टंकलाल घिसिङलाई जिम्मेवारी दिइयो ।
पुराना सदस्यसचिव रमेशकुमार सिलवाल अदालत पुगे पनि अदालतले उनको विपक्षमा फैसला गरिदियो । मंसिरमा संघीय सरकारले सदस्यसचिवको जिम्मेवारी दिएपछि रमेश सिलवाल अदालत जाँदा चार महिना खेलकुदको सर्वोच्च निकाय निमित्तको भरमा चल्यो ।
कोभिड–१९ महामारीका कारण थलिएको नेपाली खेलकुद छिटफुट केही प्रतियोगिता भएपनि सरकारी क्यालेण्डरमा रहेका प्रतियोगिता हुन सकेनन् । गण्डकीमा तय भएको नवौं राष्ट्रिय खेलुकद यो वर्ष हुन सकेन र अर्को वर्षलाई धकेलिएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नवौं राष्ट्रिय खेलकुद पोखरामा जेठ २२ देखि २८ सम्म आयोजना गर्ने निर्णय गरेको छ । यो तेस्रो पटक नवौं राष्ट्रिय खेलकुदको मिति तय भएको हो । चीनमा हुने एशियन गेम्स हुन पाँच महिना मात्रै बाँकी हुँदा नेपालले प्रतियोगितामा सहभागी विषयमा कुनै छलफल पनि हुन सकेको छैन ।
सहभागिताका लागि खेलाडी छनोट प्रक्रिया अझै हुनसकेको छैन भने कुन खेलमा कति खेलाडीले सहभागिता जनाउने भन्ने विषय पनि टुंगोमा पुग्न सकेको छैन । यही विषयको सेरोफेरोमा रहेर हामीले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङसँग गरेका छौं । हेरौं अन्तर्वार्र्ता सम्पादित अंशः





























प्रतिक्रिया