मुम्बईको खराब प्रदर्शन निरन्तर, छैटौं हार

मुम्बईको खराब प्रदर्शन निरन्तर, छैटौं हार

केन्द्रबिन्दु
0
Shares

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) २०२२ मा लगातार छैटौं हार बेहोरेको छ।

शुक्रबार मुम्बईमा भएको खेलमा नव प्रवेशी लखनउसँग पराजित हुँदा पाँचौँ पटकको आईपीएल च्याम्पियन मुम्बई इतिहासकै खराब स्थितिमा रहेको छ।

२०२ रनको विशाल विजयी लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १८१ रन  बनाउन सक्यो ।

मुम्बईका सूर्य कुमार यादवले सर्वाधिक ३७ रन बनाए । लखनउका आवेश खानले  ३ विकेट लिए ।

यसअघि  टस हारेर ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनायो ।

लखनउका कप्तान लोकेश राहुलले विस्फोटक ब्याटिङ गर्दै ६० बलमा  १०३ रन बनाए ।  यस्तै  मनिष पाण्डेले ३८ रन बनाए ।

Skip This
Skip This
Logo