बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगा फुटबलमा शनिबार राति उल्फ्सबर्गमाथि ६/१ अन्तरको सहज जित निकालेको छ।
सहज जितसँगै डर्टमन्डले लिगको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखसँगको दूरी ६ अंकमा झारेको छ।
घरेलु मैदानमा भएको खेलमा डर्टमन्डको जितमा एरलिङ ब्राउट हालान्डले दुई गोल गरे। यस्तै टोम रोथ, एक्सर विटसेल, म्यानुअल एकान्जी र एम्री क्यानले एक-एक गोल गरे। उल्फ्सबर्गका लागि बाकुले एक गोल गरे।
जितपछि डर्टमन्डले अंक तालिकामा ६३ अंक बनाएर दोस्रो स्थानमा छ। शीर्ष स्थानको बार्यनको ६९ अंक छ ।
पराजित उल्फ्सबर्ग ३० खेलबाट ३४ अंकसहित १३औं स्थानमा छ।





























प्रतिक्रिया