मुम्बईको लगातार खराब प्रदर्शन जारी, आठौं हार

मुम्बईको लगातार खराब प्रदर्शन जारी, आठौं हार

केन्द्रबिन्दु
0
Shares

लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपीएल)  मा लगातार आठौं खेलमा हार बेहोरेको छ ।

आइतबार मुम्बईमा पाँच पटकको च्याम्पियन मुम्बई पराजित भएसँगै  प्ले अफको सम्भावना समेत लगभग सकिएको छ । जितका लागि १६९ रनको लक्ष्य  पाएको  मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै ३२ रनमा समेटियो ।

मुम्बईका रोहित शर्माले सर्वाधिक ३९ रन बनाए । यस्तै  तिलक बर्माले ३८ रन बनाए । लखनऊका क्रुनाल पान्ड्याले ३ विकेट लिए । 
यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो ।

लखनऊका कप्तान लोकेश राहुलले सर्वाधिक १०३ रन बनाए । यस्तै मनिष पाण्डेले २२ रन बनाए । मुम्बईका काइरन पोलार्डले  र राइली मेरिडीथले समान २ विकेट लिए ।

जितसंगै लखनऊ ८ खेलबाट ५  जित  सहित १० अंक बनाएर  चौथो स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।

Skip This
Skip This
Logo