काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।
कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्ष बीच भेटवार्ता भएको हो । आजको भेटमा भदौ २६ गते बस्ने स्थायी कमिटी बैठकका लागि एजेण्डा तय गरिएको छ ।
त्यस्तै एस्ट्राजेनेका र अक्सफर्ड यूनिभर्सिटीले कोरोना भाइरस विरुद्ध बनाएको एउटा खोपको अन्तिम चरणको मानव परीक्षण रोकिएको छ । उक्त खोप परीक्षणमा सहभागी एक व्यक्ति बिरामी परेपछि परीक्षणको काम तत्कालका लागि रोकिएको हो । एस्ट्राजेनेकाले यसलाई अस्पष्ट कारणले समस्या उत्पन्न हुँदा गरिने ‘नियमित’ विराम भनेको छ ।
तातोपानी, गुर्जो खाएर कोरोना निको हुने भ्रममा नपर्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा महाशाखाका प्रतिनिधिले त्यस्तो आग्रह गरेका हुन् ।
त्यस्तैगरी सरकारले भदौं २५ गतेभित्र कर तिर्न सूचना निकालेर ताकेता गरेको छ । तीन सातासम्म जारी निषेधाज्ञामा उद्योग, व्यापार व्यवसाय बन्द गरेर बसेका व्यवसायीलाई सरकारले तोकेको समयभित्र कर नबुझाएमा विलम्व शुल्क र ब्याजसमेत तिराउने चेतावनी समेत दिएको हो । तर व्यवसायीहरुले कुनैपनि हालतमा सरकारले तोकेको समयमा कर तिर्न नसक्ने बताएका छन् ।
क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत गएराति भएको सेमिफाइनल खेलमा सन्दीप लामिछाने अनुबन्धित जमैका तलावाज पराजित भएको छ । जमैका ट्रिनबागो नाइट राइडर्ससँग ९ विकेटले पराजित भएको हो । योसँगै नेपाली लेग स्पीनर सन्दीप लामिछानेको यस वर्षको सीपीएल यात्रा सकिएको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..































प्रतिक्रिया